विराटनगर जुट मिल ३ वर्षपछि सन्चालनमा, ८५ जनाले पाए रोजगारी

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर १२, २०७४      0

विराटनगर, मंसिर १२ । मुलुकको जेठोे उद्योग विराटनगर जुट मिल तीन वर्षपछि पुनः संचालनमा आएको छ।

वि.श.२०७२ भदौ १९ गतेदेखि पूर्ण रुपमा बन्द भएको उद्योग सरकारले नयाँ व्यबस्थापन तोकेपछि करिव ३ वर्षपछि सन्चालनमा आएको हो ।

पहिलो चरणमा उद्योगले जुटको सुतली र बोरा उत्पादन गर्ने सन्चालन समितिका अध्यक्ष निलहरी काफ्लेले बताए । पहिलो चरणमा पुरानो मिल्स सन्चालनमा ल्याइएको छ । उद्योगमा तीन ओटा मिल छन् ।

३ करोडको लागतमा एउटा मिल सन्चालनमा ल्याइएको र थप २ करोड पूँजीको व्यवस्थापन गरेर पुस महिनादेखि दुबै मिल पूर्णरुपमा सन्चालनमा ल्याउने काफ्लेले  जानकारी दिए ।

मिलले दैनिक ५६ टन उत्पादन गर्नेछ भने ८५ जनाले रोजगारी पाएका छन् । नयाँ व्यवस्थापनले मिल सन्चालनका लागि सरकारको सेयर घटाएर ३३ प्रतिशतमा झारेको छ । नयाँ व्यवस्थापनले पूँजी बृद्धिका लागि २५ हजार कित्ता सेयर विक्री गरेको थियो ।

प्रति कित्ता १६० रुपैयाँको दरमा विक्री हँ‘दा ४० लाख पूँजीबृद्धी भएको जनाइएको छ । कुल ९३ हजार ७५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७२७ कित्ता सेयर रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।