पब्लिक संवाददाता
मङ्लबार, मंसिर १२, २०७४
0
अछाम, मंसिर १२ । अछाममा नेपाली सेनाको गाडी मंगलबार साँझ साफेबगर-मंगलसेन सडकखन्डको तिमिल्सेनमा पल्टँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बाजुराबाट साफेबगर हुँदै मंगलसेन जाँदै गरेको लु१ग २७८ नम्बरको सेनाको ट्रक मंगलबार साँझ ७ बजेतिर तिमिल्सेनको ओरालोमा पल्टिएको हो।
गुड्दै गरेका बेला ट्रकको ‘ब्रेकफेल’ हुँदा चालकले ट्रक सडक किनारामा पल्टाएको बुझिएको छ।घाइतेको प्रहरीले उद्धार गरेर उपचारका लागि बयलपाटा अस्पतालमा पुर्याएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।