तारा एयरको जहाज हुम्लाको सिमिकोटमा दुर्घटना

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर १२, २०७४      0

तारा एयरको 9N-ABM कलसाइन रहेको ट्वीनेटर  विमान हुम्लाको सिमिकोटमा,आज बिहान दुर्घटना भएको छ।

विमानमा चालकदलका तीनजना  र निर्वाचनमा खटिएका १३ सुरक्षाकर्मी सवार थिए। सिमिकोटबाट नेपालगन्जका लागि उडान भर्नासाथ विमान दुर्घटनामा परेको हो। ट्वीनअटर विमानस्थलबाट करिब एक सयमिटरको दूरीमा, नजिकैको खेतमा खसेको छ। विमानको अगाडिको भागमा क्षति पुगेको छ।

दुर्घटनाग्रस्त तारा एयरमा सवार गम्भीर घाइते प्रहरी सहायक निरीक्षक यमबहादुर दाहाललाई नेपालगन्ज रिफर गरिएको छ। टाउकोमा गम्भीर चोट लागेका सहायक निरीक्षक दाहाललाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगन्ज लगिएको हो।

चालकदलका सदस्यहरू क्याप्टेन अमृत गुरुङ र वसन्त लामा तथा परिचारिका श्रेया श्रेष्ठ सामान्य घाइते भएका छन् ।यस्तै, प्रहरी जवानहरू हस्तबहादुर सिंह र किशोर ऐरी पनि सामान्य घाइते भएका छन् । उनीहरू सबैको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।