अस्थायी साधन र प्रयोग विधि

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर १२, २०७४      0

प्रियंका विक
स्टाफ नर्स
उप–क्षेत्रीय अस्पताल, डडेल्धुरा

शारीरिक सम्पर्क मानिसका लागि प्राकृतिक आवश्यकता हो । तर, हाम्रो समाजमा शारीरिक सम्पर्कबारे त्यति खुलेर बहस गर्ने संस्कार छैन । कतिपय त लाजका कारण यौनरोगबारे समेत खुल्दैनन् । उसो त यौनरोगबाट बच्न र गर्भनिरोधका लागि मानिसले विभिन्न प्रकारका अस्थायी साधन प्रयोग गरेर शारीरिक सम्पर्क गर्न सक्छ । कतिपय अस्थायी साधनबारे कमैलाई मात्र जानकारी छ । महिला र पुरुषले गर्भनिरोधकका रूपमा प्रयोग गर्ने केही अस्थायी साधनबारे एक सामग्री :

महिला/पुरुष कन्डम

  • गर्भनिरोधक अस्थायी साधनका लागि महिला र पुरुषले कन्डमको प्रयोग गर्न सक्छन् । यो शारीरिक सम्पर्कका वेला पुरुषले लिंग र महिलाले योनिमा लगाउने साधन हो ।
  • यसको प्रयोग गर्नुपूर्व एक्सपायर डेट र प्रयोग गर्ने तरिकाबारे राम्रोसँग ज्ञान लिन आवश्यक हुन्छ । कन्डम च्यातिएको छ वा छैन, लुब्रिकेन्ट पर्याप्त भए/नभएकोबारे पनि सचेत हुनुपर्दछ ।
  • कन्डमलाई दोहोर्‍याएर प्रयोग गर्नु हुँदैन । यसको प्रयोगपछि उचित तरिकाले डिस्पोज गर्न अत्यावश्यक छ ।
  • महिलालाई कन्डम प्रयोग गर्न तुलनात्मक रूपमा असहज हुन सक्छ । यस्तो कन्डम महँगो पनि हुन्छ।
  • कन्डम गर्भनिरोधक साधन मात्र नभएर यसले विभिन्न यौनरोगबाट पनि बचाउन मद्दत गर्दछ ।

आइयुसिडी (कपर–टी)

  • यो महिलाको पाठेघरमा राखिने अस्थायी साधन हो । र, यसलाई राख्नका लागि दक्ष स्वास्थ्यकर्मीको आवश्यकता पर्दछ ।
  • यो प्रयोग गरिसकेपछि १२ वर्षसम्म गर्भ रहँदैन । यदि बीचमा गर्भवती हुने चाहना भएमा झिक्न पनि सकिन्छ ।
  • यसको राम्रो पक्ष के भने बच्चा जन्मनेबित्तिकै पनि प्रयोग गर्न सकिन्छ ।
  • आइयुसिडी खस्न सक्ने सम्भावना भएकाले यसबारे भने सचेत हुन आवश्यक छ । यसको प्रयोगपछि रक्तश्राव पनि हुन सक्छ ।
  • पेल्भिक इन्फ्लामेट्रीको डिजिज हुनेले यसको प्रयोग गर्नु हुँदैन ।

संगिनी प्रिक्युसन

  • संगिनी सुई महिलाका लागि गर्भनिरोधक अस्थायी साधन हो । तर, लामो समय यसको प्रयोग गर्दा भने स्वास्थ्यमा असर पर्न सक्छ । एकपटक प्रयोग गरेको संगिनीले तीन महिनासम्म गर्भ रहँदैन ।
  • महिनावारी भएको सात दिनभित्र यसको प्रयोग गर्दा निकै उपयोगी हुन्छ । तर, यसको प्रयोग गर्नुपूर्व आफू गर्भवती भए/नभएकोबारे भने थाहा पाउनुपर्दछ ।
  • यसको प्रयोगले यौन अंगबाट रक्तश्राव पनि हुन सक्छ । महिनावारीमा पनि अनियमितता आउने, तौल बढ्नेजस्ता समस्या भने देखिन सक्छ ।
  • यसलाई स्तनपान गराउने आमाले पनि प्रयोग गर्न मिल्छ । यसको फाइदाचाहिँ के भने आमाको दूध प्रोडक्सनमा भने सहयोग पुर्‍याउँछ ।
  • यसको अवधि सकिनुभन्दा एक वा दुई हप्ताअगाडि प्रयोग गर्दा फाइदाजनक हुन्छ ।
  • संगिनी सुई पाखुरा, मासु वा बटकमा लगाउने गरिन्छ ।

इम्प्लान्ट

  • इम्प्लान्ट पनि महिलाले प्रयोग गर्ने अस्थायी साधन (रड) हो । यो रडलाई माथिल्लो पाखुराको
  • छालामुनि लगाउनुपर्दछ । यसका लागि स्वास्थ्यकर्मीको आवश्यकता पर्दछ ।
  • तीन वर्षसम्म गर्भ नरहनका लागि यसको प्रयोग गरिन्छ ।
  • यसका कारण सर्जिकल साइडमा इन्फेक्सन पनि हुन सक्छ । एक–दुई हप्ता भने दुःख दिने गर्दछ ।
  • यसको घाउलाई राम्रोसँग सुक्न दिनुपर्छ ।
  • यसको प्रयोगपछि रक्तश्राव हुन सक्ने भएकाले यस विषयमा भने ध्यान दिनुपर्दछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।