
दोलखा मृतक र विदेशमा रहेका मतदाताका नाममा मत हालि बाम गठबन्धनले बुथ कब्जा गरेको भन्दै दोलखाका सात वटा मतदान केन्द्रमा पूःन मतदान गर्न नेपाली कांग्रेस दोलखाले जिल्ला निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएको छ ।
दोलखाको प्रदेश नं (क) साविकको क्षेत्र नं (१) मा पर्ने गौरीशंकर गाउँपालिका वडा नं ५ को वडा कार्यालयमा रहेको क,ख,ग मतदान केन्द्र, गौरीशंकर गाउँपालिका वडा नं १ यार्सा प्राविमा रहेको क,ख मतदान केन्द्र र गौरीशंकर गाउँपालिका वडा नं २ देवि प्राविमा रहेको क,ख, मतदान केन्द्र गरि सात वटा मतदान केन्द्रमा पुनः मतदान गर्न नेपाली कांग्रेस दोलखाले जिल्ला निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएको हो।
नेपाली कांग्रेस दोलखाका पार्टी सभापति समेत रहेको प्रतिनिधि सभाका उम्मेदवार रुद्रबहादुर खड्का र प्रदेश नं (क) का कांग्रेसका उम्मेदवार बर्मा लामाले संयुक्तरुपमा उजुरी दर्ता गराउदै भनेका छन “कांगेसको एजेण्ड र कार्यकर्ताहरुलाई कुटपिट गरि लखेटेर, मतदानमा अनुपस्थित मतदाता, विदेशमा रहेका मतदाता र मृतकका नाममा समेत बामगठबन्धनका उम्मेदवार पार्वत गुरुङ र विशाल खड्काले आफनो उपस्थितीमा आफुहरुलाई मतहाल्न लगाएकाले तत्काल बदर गरि उक्त स्थानमा तत्काल मतदान हुनुपर्छ।”
नेपाली कांग्रेस दोलखाका पार्टी सचिव सन्तोष रिमालले भने, “सुरक्षा निकाय र मतदान केन्द्र अधिकृतलाई, मतदान केन्द्रमा उपस्थित सर्वसाधरण नागरिकले मत हाल्न नपाएको भन्दै जिल्ला पार्टी र संचारकर्मीहरुले पटक-पटक खबर गर्दा समेत बेवस्था गरि, बाम गठबन्धनको कठपुतली बनेकाले मताधिकारबाट नागरिक बञ्चित भएका हुन।” सबै निकायलाई नियन्त्रणमा लिई एकतर्फी ९८ प्रतिसत सम्म फर्जी मत हालेको हुदा,जिल्ला निर्वाचन तत्काल उक्त स्थानमा मतदान नगराए,कडा आन्दोलनमा उत्रनेछौ भन्दै, सचिव रिमालले चुनौति दिएकाछन्।
सदरमुकाम चरिकोट,भिमेश्वर नगरपालिका समेत रहेको र सधै शान्तिपूर्ण तरिकाले चुनाव हुने दोलखा प्रदेश नं (ख) मा भने यो पटक पनि शान्तिपूर्ण मतदान भएको थियो। चरिकोट बजारका केही स्थानमा जिआई पाईबम फेला पर्दा समेत,मतदान केन्द्रहरुमा सौहाद्रपूर्णरुपमा मतदान पुरा भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ।