दोलखाको मार्वु मतदानकेन्द्रमा ५ राउन्ड हवाई फायर, तीन बुथ बामको कब्जामा

 पब्लिक संवाददाता      आइतवार, मंसिर १०, २०७४      0

दोलखा-  दिनभर शान्त रहेको दोलखाको निर्वाचनमा अपराह्न पछि तनाव सुरु भएको छ। नखसेको मत अन्य व्याक्तिहरुले हाल्न खोजे पछि जिल्लाका विभिन्न मतदान केन्द्रमा तनाब भएको हो।

बैत्येश्वर गाउँपालिका ७ मार्वुमा वाम गठवन्धनका कार्यकर्ताले वुथ कब्जा गरेर मत हालेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ। मतदान केन्द्रको अवस्था नियन्त्रणको प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जनाए।

यस्तै गौरिशंकर गाउँपालिकाको सुरीमा वाम गठवन्धनका कार्यकर्ताले कांग्रेसका कार्यकर्ता लखेटेर मतदान केन्द्र कब्जामा लिएका छन्। सुरी वाम गठवन्धनका प्रतिनिधि सभा उम्मेदवार पार्वत गुरुङको आफ्नो मतदान केन्द्र हो।

सोही गाउँपालिकाको जुँबुमा कांग्रेसका गाउँ सभापति ज्ञान बहादुर जिरेललाई कुटपिट गरेर मतदान स्थलबाट भगाएका छन्। त्यहाँ पनि प्रोक्सी मत हालिरहेको कांग्रेस जिल्ला सचिव सन्तोष रिमालले आरोप लगाए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।