पब्लिक संवाददाता
आइतवार, मंसिर १०, २०७४
0

पहिलो चरणको निर्वाचन अन्तर्गत दोलखामा अहिलेसम्म ३७ प्रतिशत मतदान सम्पन्न भएको छ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सच्युत उप्रेतीका अनुसार मध्यान्हको १२: ४५ सम्म ३७ प्रतिशत मतदान सकिएको हो ।
छिटफुट घटना बाहेक समग्रमा दोलखामा शान्तिपूर्ण रुपमा मतदान भैरहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए ।