२ सय ५० मत खसेका बेला मत पेटिकाबाट धुवा उडेको मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिए । मत पेटिकामा एसिड वा केमिकल हालिएको हुन सक्ने आशंका गरिएको छ। कसले हालेको हो भन्ने पहिचान हुन सकेको छैन्।
पब्लिक संवाददाता
आइतवार, मंसिर १०, २०७४
0
१० मंसिर । रूकुम(पश्चिम) को बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभुत विद्यालय मतदान स्थलको (क) मतदान केन्द्रको प्रतिनिधिसभाको मतपेटिकामाआगो लागेको छ । मतदान भैरहेका बेला एक्कासी धुँवा उडेपछि अहिले मतदान स्थगित भएको छ ।