भिमेश्वर नगरपालिको तीन स्थानमा बम

 पब्लिक संवाददाता      आइतवार, मंसिर १०, २०७४      0

भिनपा ३ दोलखा चरिकोट स्थित सडक डिभिजन कार्यलय नजिकै ‘जिई पाईप बम’ फेला परेको छ।

बिहान ७:३० बजेतिर सडकमा हिडडुल गरेका बटुवाले बम जस्तो शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो!
त्यस लगतै जिल्ल स्थित नेपाली सेनाको टोलीले  उक्त क्षेत्रलाई घेरा हाली बमलाई सुरक्षीत तरिकाले डिस्पोज  गरेको छ।
बम कस्ले र किन राखेको भन्ने बिषयमा खुल्न सकेको छैन।

यता कालिञ्चोक मतदान केन्द्र भन्दा केही तलको अप्पर तामाकोसी सडक खण्डमा पनि बम फेला परेको छ।

त्यस्तै भिनपा ६ स्थित मांकाल प्राविमा रहेको बुथलाई लक्षित गर्दै, बुथ नजिकै बम राखिएको छ!

अहिले सबै बमलाई सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।

देशै भर आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई विथोल्ने किसिमको  बम राख्ने गतिविधिले त्रासीत स्थानीयहरु, जताततै  बम देख्दा त्रासीत देखिन्छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।