पब्लिक संवाददाता
आइतवार, मंसिर १०, २०७४
0
दोलखा मंसिर १०। भिनपा ३ चरिकोट स्थित सडक डिभिजन कार्यलय नजिकै ‘जिई पाईप बम’ फेला परेको छ।
बिहान ७:३० बजेतिर सडकमा हिडडुल गरेका बटुवाले बम जस्तो शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरिएका थिए!
त्यस लगतै चरिकोट स्थित नेपाली सेनाको टोलीले, उक्त क्षेत्रलाई घेरा हाली बमलाई सुरक्षीत तरिकाले डिस्पोज गरेको छ।
बम कस्ले र किन राखेको भन्ने बिषय भने खुल्न समेको छैैन।
देशै भर आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई विथोल्ने किसिमको बम राख्ने गतिविधिले त्रासीत चरिकोटबासी घरै अगाडि बम देख्दा त्रासीत देखिन्थ्यो।
यद्यपि नजिकैको कालिञ्चो माविमा रहेको आफ्नो मतदान स्थलमा भने, मतदाताहरु उत्साहका साथ मतदान गरीरहेका छन्।