पब्लिक संवाददाता
आइतवार, मंसिर १०, २०७४
0
भारतको हरियाणाकी मानुषी चिल्लरले मिस वर्ल्डको ताज पहिरिएसँगै सत्र वर्षपछि मिस वर्ल्डको पगरी भारत ल्याएकी छन्। सन् २००० मा प्रिंयका चोपडा मिस वर्ल्ड भएपछि मानुषी मिस वर्ल्ड भएकी हुन् । २१ वर्षे मानुषी मेडिकल विद्यार्थी हुन्। चीनको सान्या सिटी एरेनामा भएको मिस वर्ल्ड समारोहमा १०८ अन्य प्रतियोगीहरुलाई पछि पार्दै मानुषी मिस वर्ल्ड घोषित भएकी हुन् । २०१६ की मिस वर्ल्ड स्टेफिन डेल भलेले उनलाई मिस वर्ल्डको ताज पहिरिदिएकी थिइन्। मानुषी नयाँ मिस वर्ल्ड भएसँगै उनलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै अन्य अभिनेता–अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिएका छन्।