इजिप्ट आक्रमण घटनाको निन्दा गर्दै नेपालद्वारा गहिरो दुःख व्यक्त

 पब्लिक संवाददाता      आइतवार, मंसिर १०, २०७४      0

काठमाडौं, मंसिर १०। नेपाल सरकारले इजिप्टको सुफी सुफी मस्जिदमा शुक्रबार भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी आततायी घटनामा सयौं निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गर्दै शोकको घडीमा त्यहाँको सरकार र शोकाकूल परिवारमा समवेदना प्रकट गरिएको छ।

नेपालले लामो समयदेखि लिँदै आएको अहिंसात्मक नीतिको स्मरण गर्दै सबै प्रकारका हिंसा र आतंकवादको विरोधमा निरन्तर उभिने मन्त्रालयले स्पष्ट पारेको छ।

इजिप्टको उत्तरी प्रान्त सिनाईस्थित बिर एल–अबेद सहरको मस्जिदमा शुक्रबार (अस्ति) प्रवेश गरी बम पड्काएको र घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि गोली चलाउँदा कम्तिमा ३०० जना भन्दा बढीको ज्यान गएको छ। रासस

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।