पब्लिक संवाददाता
शनिबार, मंसिर ९, २०७४
0
हेटौंडा, मंसिर ९ । मकवानपुरको मनहरि गाउँपालिकाको मनहरिबजारको मुख्यचोकमै रहेको प्रतिक्षालयमा शनिबार साँझ सुतलीबम विस्फोट छ ।
साँझ ५ बजेतिर भएको विस्फोटबाट प्रतिक्षालयको टिनको छानामा केही प्वाल परेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरि र सशस्त्र प्रहरी बेसक्याम्प लच्काका प्रहरी घटनास्थल पुगेका थिए ।
सानो आकारको सुतलीबम बनाएर प्रतिक्षालयमा राखिएको पाइएको इलाका प्रहरी कार्यालय प्रहरी मनहरिका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए ।
शनिबार अपराह्न वाम गठबन्धनको कार्यक्रम मनहरिमा थियो भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले पनि त्यहीँकेन्द्रित भइ कार्यक्रम गरिरहेका थिए ।
निर्वाचन बहिस्कार गर्दै आइरहेको नेकपाले उम्मेदवारलाई लक्षित गरी विस्फोट गराएको आशंका गरिएको छ । रासस