निर्वाचन आयोगले माग्यो एमालेका रवीन्द्र अधिकारीसँग स्पष्टीकरण

 पब्लिक संवाददाता      शनिबार, मंसिर ९, २०७४      0

काठमाडौं, मंसिर ९ । निर्वाचन आयोगले आइतबार हुने प्रथम चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधिमा एमालेका कास्की निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र अधिकारीले निर्वाचन आचारसंहिता उल्घंन गरेको भन्दै स्पष्टीकरण मागेको छ ।

उनले सामाजिक सञ्जाल ट्वीटरको प्रोफाइल पिक्चररवालमा निर्वाचन चिह्न राखी प्रचारप्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हाे ।

प्रथम चरणको निर्वाचनको मौन अवधि मंसिर ७ गते राति १२ बजेदेखि शुरु भइसके पनि आयोगले स्पष्ट पारेको छ । निर्वाचन आचारसंंहिता उल्लंघन गरेवापत कारवाही हुनु पर्ने हो/होइन ? भन्ने बारे २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।