पब्लिक संवाददाता
शनिबार, मंसिर ९, २०७४
0

हेटौडाको बसामाडीमा बम विष्फोट भएको छ । कांग्रेसका तर्फबाट प्रदेशसभा २ का उम्मेदवार इन्द्रजीत वानीयाँको सम्पर्क कार्यालयमा बम विष्फोट भएको हो ।
वानीयाँ पूर्वगृहराज्यमन्त्री हुन् । क्षतिको विवरण आउन बाँकी रहेको हेटौडा प्रहरीले जनाएको छ ।
त्यस्तै, हेटौडाकै सानोपोखरियामा पनि बम विष्फोट भएको छ । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ । घटना किन र कसले घटाएको हो भन्ने बारे अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।