कांग्रेसका उम्मेदवारलाई लक्षित गरी कम्युनिष्ट गठबन्धनका कार्यकर्ताले हाने बम

 पब्लिक संवाददाता      शनिबार, मंसिर ९, २०७४      0

काठमाडौं ।  कांग्रेसका उम्मेदवार तथा कार्यकर्तालाई लक्षित गरी कम्युनिष्ट गठबन्धनका कार्यकर्ताले बम प्रहार गरेका छन्।

शनिबार बिहान नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार विष्णु लामिछाने चढेको  सवारीलाई लक्षित गरी हुप्सेकोट गा.पा.को वडा नं. ५ गोजापोखरी नजिक जिरो भञ्ज्याङमा कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले बम प्रहार गरेका छन् । बम प्रहारबाट उम्मेदवार सहित सवारीमा सामान्य क्षेति भएको छ।

त्यस्तै ओखलढुंगा चिसंखुगढी गा.पा. वडा नं. ३ का चुनाव प्रसार प्रसार समितिका संयोजक राजकुमार ढुंगाना लगायत ५ जना नेपाली कांग्रेसका कार्यकर्ताहरु चुनावी कार्यक्रम सकी घर फर्कने क्रममा गए राति ८ बजे सोही गा.पा.को वडा नं. २ स्थित नेवार गाउँमा नकाव लगाएका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । उनिहरुले ढुंगाना चढेको गाडीलाई नियन्त्रणमा लिएका थिए।

ढुंगानालाई  घाइते  बनाएपछि स्थानीयको प्रतिरोधका कारण गाडीको चावी लिई आक्रमणकारीहरु भागेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।