धर्मगुरु पक्राउ : फेसबुकमा किस खाएको फोटो राखेपछि बाहिरियो कर्तुत

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर ८, २०७४      0

उपचारको नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेलिड गर्ने कथित धर्मगुरु पक्राउ परेका छन्। चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई सिआइबीले पक्राउ गरेको हो। उनले गुम्बाभित्रै महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका लामालाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको सिआइबीका डिआइजी पुष्कर कार्कीले बताए। लामाले उपचारका लागि आउने युवतीलाई सुसारे बनाएर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको छ।

उनले महिलाहरुलाई लठ्याएर यौनशोषण गर्ने र त्यसबारे कसैलाई बताए अनिष्ट हुने भन्दै थप यौनशोषण गर्दै आएका थिए। सिआईबीमा दुई महिलाले उजुरी गरेका छन्। धेरै महिलाहरुलाई उनले यौनशोषण गरेका प्रहरीको आशंका छ ।

डिआईजी कार्कीका अनुसार लामाले आफु अवतारी लामा भएको भ्रममा राखेर उपचारको नाममा यौनशोषण गर्दै आएका हुन्। उपचारका लागि नग्न बनाउने र लठ्याएर यौनशोषण गर्दै आएका थिए।

गुम्बामा महिलालाई नै उनले आफ्नो सुसारे बनाउदै आएका थिए । नयाँ महिला उपचारका लागि जाने बित्तिकै पुरानो महिलालाई हटाउने गर्दथे।

फेसबुकमा किस खाएको फोटो राखेपछि बाहिरियो कर्तुत 
उनलाई भगवानजस्तै मानेर एक महिला गुम्बामा बसेकी थिइन्। तर, लामाको व्यवहार चित्त नबुझेपछि उनले बिद्रोह गरिन्। त्यसपछि लामाले ती महिलालाई किस खाएको फोटो फेसबुकमा राखिदिएका थिए । सोही घटनापछि लामाको कर्तुत बाहिरिएको हो । प्रहरीले गुम्बाका ६ महिलालाई उद्धार समेत गरेको छ । ती महिलाहरुले लामामा केही शक्ति रहेको बताएका छन् । केही महिलाहरुको त उनै धर्मगुरुका कारण श्रीमानसँग सम्बन्ध बिच्छेद समेत गरेका थिए । सम्बन्ध बिच्छेदपछि पाएको सम्पती समेत उनैलाई ल्याएर बुझाएको समेत अनुसन्धानमा खुलेको छ।

नक्कली अवतारी लामा 
अवतारी लामा हुन बच्चादेखि नै बुद्धधर्मसम्बन्धि अध्ययन गर्नुपर्छ। तर, उनी १० वर्षअघिदेखि मात्र उक्त गुम्बामा बस्दै आएका व्यक्ति हुन्। पहिला उनी टेकिडसम्बन्धि काम गर्दथे । उनको श्रीमती झापामा गेष्ट हाउस चलाएर बस्दछिन्। बौद्ध धर्म सेवा समितिले उनी नक्कली अवतारी लामा भएको जनाएको छ।

१० वर्षअघि उनले चाल्नाखेलमा १२ रोपनी जग्गा किनेर गुम्बा चलाएका थिए । जुनसुकै रोग समेत निको पार्न सक्ने भन्दै उनले ठगी गर्दै आएक थिए । शरिरीक शोषण गरेपछि उक्त कुरा बाहिर भनेमा रोग बल्झिने र ठुलो क्षती हुने भनेर तर्साउने गर्दथे । सिन्धुलीको कुशेश्वर स्थायी घर भएक ५६ वर्षिय लामाको बारेमा अझै धेरै कुरा खुल्न बाँकी नै रहेको डिआईजी कार्की बताउँछन् ।

भारतका केही समयअघि यस्तै प्रकारका कथित धर्मगुरु रामरहित यौन शोषणको आरोपमा जेल चलान भएका थिए । सोही घटना सुनेपछि आफुहरुले सिआईबीमा उजुरी गरेको पीडितहरुले बताएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।