एमालेका पुर्व वडाअध्यक्ष सहित दुई दर्जन कांग्रेसमा प्रवेश

 पब्लिक संवाददाता      बिहिबार, मंसिर ७, २०७४      0
मंसिर ७ दोलखा। शैलुङ्गेश्वर गाउँपालीका -८ का एमाले पुर्व वडा अध्यक्ष भैर बहादुर बुढाथोकी सहित दुई दर्जन नेता कार्यकर्ता आज नेपाली कांग्रेस प्रवेश गरका छन्।
 
नेकपा एमाले पार्टीले,थुप्रै बेथिति र विसंगतिलाइ भित्र्याएर, आफ्नो राजनीति गर्ने आधार नै गुमाएको हुदा, आफूलाई उक्त पार्टीमा बस्न नैतिकताले नदिएको बुढाथोकीले बताए।
प्रवेश गरेका एमाले,माओवादी र राप्रपाका नेता कार्यकर्तालाई अाज दोलखा चरिकोटको, नेपाली कांग्रेसको बृहत् चुनावी सभाका प्रमुख अतिथि बालकृष्ण खाँडले टीका माल लगाएर स्वागत गरेका छन्।
 
“भन्दा लोकतान्त्रिक पार्टी भन्ने र कम्युनिस्ट शासन ल्याउछु भन्दै बाम एकता गर्दै, देशमा अधिनायकवाद लाद्न खोज्ने भएपछि,म लोकतान्त्रिक शक्ति कांग्रेसलाई साथ र समर्थन गर्छु भनेर लागेका हुँ।” नवप्रवेशी स्थानीय बुद्धिजीवी समेत रहेका सन्तोष भुजेलले भने।
 
त्यस्तै नव प्रवेशी हिमाल श्रेष्ठले भने, “माओवादी सधै अवसरवादी बन्दै गएको र अहिले आएर जनताको मुद्दालाई सिधै एनजीओ आईएनजीओको ठेकेदार पार्टी एमालेलाई बुझाएकोले मैले लोकतान्त्रिक शक्ति कांग्रेस नै रोजेको हुँ।”
स्थानीयमा माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका श्रेष्ठले भने, “सबैभन्दा ठूलो स्वतन्त्र भनेको लोकतन्त्र रहेछ, र त्यस्को हिस्सेदार भनेको नेपाली कांग्रेस मात्रै रहेछ।” कांग्रेसमै बसेर लोकतन्त्रको उपयोग गरेर बस्ने समेत भने।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।