माथिल्लो तामाकोशी हाइड्रोपावरले २ करोड ६४ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

 पब्लिक संवाददाता      बुधबार, मंसिर ६, २०७४      0

काठमाडाै । माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले २ अर्ब ६४ करोड बराबरको २ करोड ६४ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । आईपियो निष्काशनको अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सम्बन्धि कार्य गर्न कम्पनीले सनराइज क्यापिटल र नागरिक लगानी कोषसंग सम्झौता गरिसकेको छ ।

कम्पनीले १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता आयोजना प्रभावित स्थानियलाई र १५ प्रतिशत अर्थात् १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो।

नेपालको पुंजीबजारमा आउँन लागेको यो नै (शेयर संख्या र रकमको हिसाबले) सबै भन्दा ठुलो आईपिओ हो ।

कम्पनीको ५१ प्रतिशत शेयर भने ४ सरकारी निकाय संग छ। जस अनुसार नेपाल बिद्युत प्राधिकरणको सर्बाधिक ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको समान २-२ प्रतिशत रहेको छ।

स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको यस माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङकोआईतवार  ‘ब्रेक थ्रु’ भएको छ। आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो । सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको छ ।

असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ। डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठले सञ्चारकर्मीसँग भने “अव सिभिलतर्फको काम १० प्रतिशत मात्र बाँकी छ।” इलेक्ट्रोमेकानिकलका लागि सामान आयोजनास्थलमा पुर्याउने काम भइरहेको छ। खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्र सडक विभागले अगाडि बढाएको आयोजना प्रमुख श्रेष्ठले बताए।

उनले भने , “हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म पुर्याउन कठीन भएको छ। अहिले विद्युत् गृह जडानको काम अगाडि बढेको छ । कंक्रिटको काम द्रूत गतिमा अघि बढाउन रातदिन काम भइरहेको छ । उनकाअनुसार टर्वाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ । प्रसारणलाइनका लागि ठड्याउनुपर्ने १४७ वटा पोलमध्ये १६ वटा मात्र बाँकी छन्।

४ मंसिर २०७४, सोमबार प्रकाशित (ArthaBazar)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।