काठमाडौं । आफ्नो श्रीमान्का हत्यारा अग्नि सापकोटालाई भोट नदिन एक पत्नीले आग्रह गरेकी छिन् ।
माओवादी सशस्त्र युद्धका क्रममा ज्यान गुमाएका अर्जुन लामाकी पत्नी पूर्णिमा लामाले आफ्नो श्रीमान्को हत्या अग्नि सापकोटाको निर्देशनमा गरिएको भन्दै एमाले र माओवादी केन्द्रको कम्यूनिष्ट गठबन्धनलाई भोट नदिन आग्रह गरेकी हुन् ।
अर्जुनको ०६१ सालमा काभ्रेमा शंकाकै भरमा तामाङ गाउँहरुमा घुमाएर सापकोटाकै निर्देशनमा हत्या भएको थियो ।
आदिवासी जनजातिका लागि लडेको माओवादी पार्टीका नेताले यसरी अर्जुनको हत्या गराएपछि अहिले बदला लिने मनस्थितिमा जनजातिहरु रहेका छन् ।
एमाले र माओवादीको गठबन्धनलाई भोट नदिन पूर्णिकाले सार्वजनिक अपिल गरेकी हुन् ।
उनले सार्वजनिक अपिलमा भनेकी छिन्, ‘म १५ वर्षदेखि न्यायको माग गर्दै आइरहेकी छु, तर न्याय पाइन, यही मौका हो एमाले र माओवादीलाई हराएर मलाई न्याय दिने, मलाई न्याय दिनुस् ।’
HamraKura