पूर्व सांसद सदस्य तथा नेपाल संघीय समाजवादी पार्टीका वरिष्ठ नेता जीतवीर लामाले,लालकुमार केसीलाई सघाउने भएको छ।
दलाल पुँजीपति वर्गको हातमा गइसकेको एमले पार्टीले गरेको अन्याय र निषेधको प्रयासलाई प्रतिकार गर्ने उद्देश्यका साथ,नेकपा मालेको हसिया तारा चुनाव चिन्हबाट प्रदेश सभा (ख) मा उमेदवारी दिएका दोलखाका पुराना,इमान्दार तथा विकाप्रेमी वामपन्थी नेता केसीलाई सघाउने भन्दै आज प्रत्रकार सम्मेलन गरी, प्रेस विज्ञप्ति मार्फत उनले जानकारी गराए।
प्रेस विज्ञप्तिमा भनिएको छ, क. जीतवीर लामा पछि एमालेले दोलखाको क्षेत्र नं(ख) मा क्षेत्र नं(क) कै उमेदवारहरु थोपर्ने काम गरिरह्यो। आज २३ वर्ष पछि, कं लालकुमार केसीले दोलखा क्षेत्र नं (ख) बाट टुटेको इतिहासको यो कडीलाई पुनः आफ्नो उमेदवारी मार्फत जोड्नुभएको छ।
हाम्रो नेपाल संघीय समाजवादी पार्टीले संघीयता मार्फत सहअस्तित्व र पहिचान एवं समाजवाद मार्फत वर्गीय मुक्ति,समातामूलक समाज र समृद्ध नेपालको लक्ष राखिएको छ। अतः यस प्रकारको प्रगतिशील शक्तिहरुबिचको संयुक्त मोर्चा कायम गर्दै समाजको समग्र समस्या हल गर्नको लागि हाम्रो पार्टी नेकपा (माले) लगायतका सच्चा वामपन्थी क्रान्तिकारी शक्तिहरुसंग एकसाथ अघि बढ्न चाहन्छ।
एमाले–माके गठवन्धन नाम मात्रको वामपन्थी गठबन्धन हो। नेपाली कांग्रेस नेतृत्वको गठबन्धन पनि नाममात्रको लोकतान्त्रिक गठबन्धन हो। खासमा यी गठबन्धनहरु सत्ता स्वार्थमा तड्पीरहेको नीतिगत भ्रष्टको साँठगाँठ मात्र हुन। तर त्यहाँ रहेका इमान्दार नेता हार्यकर्ताहरुले समाजको आवश्यक्ता र जनताको चाहाना बमोजिम जनताको असली प्रतिनिधिलाई साथ दिनु पर्दछ।
नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट समानुपाति उमेदवार समेत रहेका लामाले आफुलाई बस चुनाव चिन्हमा मातदान गर्न समेते भनेका छन्। कार्यक्रममा लालकुमार केसी,वद्रीप्रसाद चौलागाई,रेशमनविन रिमाल लगाएतका नेताहरुको उपस्थिति थियो।
प्रेश विज्ञप्ति यस प्रकारको छ।