नेकपा एमालेका पुर्व गाविस अध्क्ष दिनश उप्रेती सहित ५० भन्दा वढिले नेकपा एमाले छाडेर कांग्रेस प्रवेश गरेका छन्।
मेलुङ गाउपालीका वडा नं १ को चुनावी सभामा, उप्रेती सहित अन्यलाई नेपाली कांग्रेसका निवर्तमान सभापति ताराबहादुर कोईराला र प्रदेश सभा (क) सदस्य उमेदवार बर्मा लामाले उनिहरुलाई टीका माला लगाएर स्वागत गरेका थिए।
बाम गठबन्धन जनतालाई झुक्याउन,र देशलाई मुठभेड तर्फ धकेल्न लागि परेकोले, सबैलाई समेट्ने र सबैलाई जोडने, नेपाली कांग्रसलाई नै आफुले रोजेको दिनेशको भनाई थियो।
चुनावी सभालाई सम्वोदन गर्दै प्रदेशसभा सदस्य दोलखा क्षेत्र नं. १ का उम्मेदवार लामाले विकास निर्माणका लागि नेपाली काँग्रेस मात्र प्रतिवद्ध रहेकोले रुख चिन्हमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस मेलुङ गाउँपालिका वडा नं. १ का पार्टी सभापति सिताराम कोइरालाको सभापतित्वमा चुनावी सभाको आयोजना गरिएको थियो।