राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर ५, २०७४      0

बागलुङ : सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादवी खड्काको बागलुङ बजारस्थित घरमा बम बिस्फोट भएको छ। बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेकी खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चो स्थित निवासमा गएराति करिब पौने ११ बजेको समयमा बम विस्फोट भएको हो ।

विस्फोटबाट घरको भुँइतलाको पर्खाल भत्किए पनि कुनै मानवीय क्षति भने भएको छैन । निर्वाचनको संघरमा गरिएको बम विष्फोटन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ । यद्यपी यसको पुष्टी भने भएको छैन । राज्यमन्त्री खड्का सोमबारको चुनावी अभियान,सकेर राति मात्रै घर आएकी थिइन् । उनको घरमा नियमित रुपमा प्रहरी सुरक्षाका लागि खटिए पनि कसरी बम बिस्फोट भने भन्ने प्रश्न समेत उठेको छ । यसबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।

विस्फोटपछि राज्यमन्त्री खड्काले लोकतन्त्रको रक्षा र महिला अधिकारको लडाइ बम आतंकले नरोकिने बताइन् । गत कात्तिक ३० गते गल्कोटको हटियामा भएको बामगठबन्धनको आमसभा स्थल नजिकै पनि बम विस्फेट गराइएको थियो भने बडीगाड गाउँपालिका-५ नुवारमामा वडा सदस्यको निवास नजिकै सुतली बम फेला परेको थियो ।

बागलुङ जिल्लामा निर्वाचनलाई लक्षित गरी अहिलेसम्म दुईवटा बम विस्फोट भए भने एउटा बम नपड्केको अवस्थामा फेला परेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।