थामीजातीलाई सभासद बनाएकाेमा दाेलखामा दुई कम्युनिष्ट पार्टी बने धन्यवादकाे पात्र

दाेलखा १७ पुस।थामी नेपालमा बसोबास गर्ने एक किरात जाति हो। थामी समुदायका मानिसहरूले आफूलाई “थाङ्‍मी” भन्न रुचाउँछन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू वोन या किराँत भन्ने गर्छन्। थामी समुदायका मानिसहरू आफ्नै भाषा थाङ्‍मी खाम बोल्ने गर्दछन् । यो भोटबर्मेली परिवारमा पर्दछ ।
पहिलो पटक नेकपा माअाेवदीकाे सिफारिसमा चुनबहादुर थामी २०६४ सालमा समानुपातिक सभासद बने पछि यस पटक नेकपा एमालेकाे सिफारिसमा ठुला थामी प्रदेश सभासद बनेका छन ।धेरै संख्यामा रहेका भुमिपुत्रकाे सम्मान दुई कम्युनिस्ट पार्टी मात्र गरेकाछन । एनजीओ र ओईएनजिओ नाममा थामी जातिकाे नाम बेचेर धन कमाउन मात्र ब्यस्त हुने का बिचमा यी दुई पार्टी ले सम्मान गरि थामीलाई सभासद बनाएकाेमा नेपाल पत्रकार महासंघकाे तर्फबाट अध्यक्ष दिपशंकर चाैलागाई धन्यवाद दिएकाछन ।
नेपाल थामी समाज दोलखाले प्रतिनिधि सभा र प्रदेश सभाको माननीयहरुलाई बधाई तथा समान गरेको सभामा कार्यकालकाे शुभकामना दिदै सभासद बनाउने पार्टी लाई धन्यवाद दिएका हुन ।

नेपाल थामी समाज दोलखाले प्रदेश सभा क का निर्वाचित सभासद कुन्दन राज काफ्ले,समानुपातिक प्रदेश सभासद ठुला थामी र समानुपातिक प्रदेश सभासद मोनिका श्रेष्ठलाई बधाई तथा शुभकामना दिएकाे छ।माननीय प्रदेश सभासदहरूले थामी जातिको विकासको लागि सधैं लाग्ने छौ भन्ने प्रतिबद्धताका जाहेर गरेकाछन ।
थामी समाज दोलखाको जिल्ला अध्यक्ष होम बहादुर थामीको सभापति रहेको कार्यक्रममा थामीका लाेकप्रिय बिनकुमार थामी,भक्त थामी,लक्ष्मण थामी, नेपाल थामी समाज दोलखाको वरिष्ठ उपाध्यक्ष वसन्त थामि लागायतका बक्ताले प्रदेश सभा क का निर्वाचित सभासद कुन्दन राज काफ्ले,समानुपातिक प्रदेश सभासद ठुला थामी र समानुपातिक प्रदेश सभासद मोनिका श्रेष्ठलाई बधाई तथा कार्यकालको शुभकामना दिंदै थामिकाे उत्थानलाई याेजना बनाई सहयोग गर्न अपिल समेत गरेकाछन ।
दोलखाकाे सुस्पाक्षमावती, सुन्द्रावती, सुनखानी, लापिलाङ, लामिडाँडा, कालिञ्चोक, बाबरे, आलम्पु, बिगु, खोपाचागु, लाकुरी डाँडा, आदि गाविसमा थामीहरूको अधिक जनघनत्व रहेको छ।सिन्धुपाल्चोकमा चोकटी , घोर्थली , धुस्कुन , पिस्कर, तौथली , राम्चे , कर्थलीमा आत्यधिक बसोबास रहेको पाइन्छ।
रामेछापका डढुवा, बेताली, प्रिती आदि गाविस र इलाम जिल्लाका गोरखे, नयाँवजार र जोगमाइमा पनि थोरै सङ्ख्यामा थामीहरूको बसोबास रहेको छ।